नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो एकदिवसीय खेल खेल्दै आज


काठमाडौं – नेपाली ‘ए’ क्रिकेट टिमले आज ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ ।

यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । आयरल्यान्ड आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

यता, विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

 

प्रतिक्रिया