

माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं – माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् ।
व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जनाए ।
१५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख समेत हुन् ।
खामविरुद्ध चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।

