
प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङको प्रदर्शन
काठमाडौं- धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै एकल प्रदर्शन गरेका छन् ।
धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् । उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको प्लेकार्ड बोकेका थिए ।



कागजपत्र |
