

नाउपामा झन्–झन् बढ्दै किचलो, रन्जिताले २ प्रदेशका अध्यक्षलाई निकालिन्

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ पार्टीबाट निस्कासित भएका छन् ।
नाउपाकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले विज्ञप्ति जारी गर्दै दुवैलाई पार्टीबाट निस्कासन गरिएको जानकारी दिएकी हुन् ।
दुवै नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिन्छन् । हाल नाउपामा चौधरी र उनकी पत्नीसमेत रहेकी रञ्जिताबीच तभेद छ ।
सोमबार काठमाडौँको अनामनगरमा बसेको नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो । कुटपिटमा दुवैको संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनीहरूलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन् ।

