

रुसी सेनामा भर्ना भएकाहरुका आफन्तले गरे सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं- रुसी सेनामा कार्यरत पीडित परिवारले सिंहदरबार अघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ती भएका नेपालीकाे जीवन रक्षाको माग गर्दै पीडितका परिवारले दक्षिण गेटअगाडि विरोध प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा सहभागी १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरी बृत सिंहदरबारमा राखिएको प्रहरीले बताएको छ।
रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्दारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

