हिजो हावाहुरी चल्दा दुर्घटना हुनबाट बालबाल बचेको थियो बुद्धको जहाज


काठमाडौं– शनिबार राति काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको थियो । त्यहिबेला झापाको चन्द्रगढीबाट बुद्ध एयरको विमान काठमाडौंको आकाशमा पुग्यो ।

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि पाइलटले ओभरसुट गरेर बचाएका थिए । अवतरण हुन नसेको खण्डमा अवतरण नगरी उचाई लिन गरिने आकस्मीक कार्यलाई ओभरसुट भनिन्छ ।

ओभरसुट गर्दापनि ३ पटक खसेको जहाजलाई पाइलटले नियन्त्रणमा लिदै काठमाडौंबाट विराटनगर विमानस्थल लगेर सुरक्षित अवतरण गराएका थिए ।

त्योबेला जहाजभित्रका यात्रु त्रसित भएका थिए । सोही जहाजमा एमाले नेतृ नविना लामा पनि सवार थिइन् ।

 

प्रतिक्रिया