

ठेकेदार मनोज भेटवाल अख्तियारको फन्दामा

काठमाडौं – पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक मनोज भेटवाललाई पक्राउ गरेको छ ।
भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।
भेटवालसहित विशेष अदालतमा पेश गरिएका अन्य व्यक्तिहरूको विवरण आउन बाँकी छ ।

