सोल्टीमोडमा मोटरसाइकलले ठक्कर दिएकी महिलाको मृत्यु


काठमाडौं – काठमाडौंमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

सोल्टीमोडमा शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया