
अपडेटः यस्तो छ मुग्लिन ट्याक्सी दुर्घटनास्थल (तस्बिरहरु)
काठमाडौं – चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ ।
उक्त ट्याक्सीमा ६ जना रहेकोमा एक जना बेपत्ता भएको पनि जनाइए पनि पुष्टी भने भइसकेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।
उक्त ट्याक्सीमा सवारहरु उनीहरुका एक आफन्तको पशुपतिमा अन्त्येष्टी गरेर फर्किएका यात्रुहरु रहेको जनाइए पनि थप खुलेको छैन ।



कागजपत्र |
