युद्धविरामका लागि वार्ता गर्न इजरायल तयार


इजरायल – गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सहमति जनाएका छन्।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिनपछि शुक्रबार नेतन्याहूले वार्ताका लागि सहमति जनाएका हुन्।

नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी थियो।

इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको छ।

प्रतिक्रिया