

११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिकृतलाई बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखाले शर्मा बताईन् ।
प्रवक्ता शर्माका अनुसार नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित समूह, उपसमूहका ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको हो ।

