सिरहामा १० मिनेट नबित्दै प्रश्नपत्र बाहिरियो


सिरहा – सिरहामा परिक्षा संचालन भएको १० मिनेट नबित्दै (SEE) परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो।

त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअप मार्फत छ्यासछ्यास्ती बनाइएको छ।

परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरु सकृयरूपमा बसेका छन्।

सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक संजाल मार्फत निजि विद्यालयहरुको हात हातमा पुगेको छ।

प्रतिक्रिया