त्रिभुवन विमानस्थलबाट लन्डन लैजाँदै गरेको १५ किलो चरेस बरामद


काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेस बरामद गरेको छ । मङ्गलबार विदेश लैजाँदै गरेको १५ किलोग्राम चरेस  बरामद गरिएकाे हाे  ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया