संसदीय समितिमा गृहमन्त्री लामिछाने उपस्थित हुँदै


काठमाडौं – संघीय संसदको बैठकमा गृह मन्त्री रवि लामिछाने उपस्थिति हुँदैछन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।

समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ ।

समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया