
कारको ठक्करबाट घाइते बालकको मृत्यु
हेटौंडा — मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ।
धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ४ गोठखोलामा सोमबार प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते भएका उनको सोमबार राती मृत्यु भएको हो ।
साइकलमा हिडिरहेका निशानलाई सोमबार हात्तिसुँडेबाट हेटौँडातर्फ आउँदै गरेको उक्त कारले ठक्कर दिएको थियो।
कारको ठक्करबाट गम्भिर घाइते भएका बानियाँलाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।



कागजपत्र |
