

नारायणकाजीलाई सिध्याउन शोभा र दिपकको ‘ट्र्याप’ तयारी, ५० लाखको बार्गेनिङ ?

काठमाडौं – पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग नाम जोडिँदै विवादित बन्दै आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी शोभा नामले परिचित जानुका पाठकको अर्को हतकण्डा सतहमा आएको छ।
शोभाले आफ्नो नाम र सम्बन्ध महेश बस्नेतसँग जोडेर उनलाई फसाई छाड्ने भन्दै भनिरहेका बेला थप अर्को हतकण्डाको कुरा बाहिरिएको हो। उसो त बस्नेत निकट स्रोतका अनुसार परिचालन भएर शोभाले सबै गरिरहेको बताइएको थियो।
शोभाको समूह अर्थात् उनका आफ्नै (बहिनी ज्वाइँ) नाता पर्ने तनहुँका दिपक लामिछानेसहितले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजीसँग बार्गेनिङ गर्ने तयारी गरेको कुरा बाहिरिएको हो। उनै लामिछानेले महेश बस्नेतसँग पनि बार्गेनिङ गर्न लगाएको बताइन्छ। यसै क्रममा उनीहरुको थप अर्को बार्गेनिङ प्लानको सिलसिला बाहिर आएको हो।
सो समूहको बार्गेनिङ गर्ने तयारीसहितको अडियो र भिडियो प्रमाण फेला परेको छ। जसमा उनीहरुले नारायणकाजीको अश्लील भिडिओ आफूहरुसँग रहेको र सो भिडिओमार्फत बार्गेनिङ गर्न सकिने वार्तालाप एवं संवाद भएको कुरा छ।
यस्तै उक्त नारायणकाजीको भिडिओ एक पुराना पत्रकारलाई दिएर उनीमार्फत पनि बार्गेनिङ गर्न लगाउने उनीहरूको योजनामा समेटिएको छ। सोही भिडिओलाई देखाएर नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका नारायणकाजीबाट ५० लाख रकम हत्याउने र पछिसमेत निरन्तर अन्य कामका लागि बार्गेनिङ गर्न सकिने उनीहरुको सेटिङ छ। यस्तै सो भिडिओ माओवादीकै कुनै नेतामार्फत अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालमा पुर्याउन सके नारायणकाजीको मन्त्री पदसमेत जाने संभावना रहेको विषयमा उनीहरुको छलफल भएको देखिन्छ।
उनीहरुको यो सबै जालझेल भने गोप्य स्रोतले हामीलाई जानकारी दिएपछि खुलेको हो। उनीहरूले ५० लाख बार्गेनिङ गरेर नारायणकाजीबाट लिएको पौसामध्ये २० लाख पत्रकारलाई दिने र बाँकी आफूहरुले राख्ने योजनासमेत बनाएको देखिन्छ।
पछिल्लोसमय शोभाको नाम हनी ट्रयापिङमा पनि जोडिदै आएको छ। तर शोभाले भने आफू समाजसेवी भएको भन्दै ती आरोपहरु निराधार रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आएकी छन्।
शोभाले विगतदेखि नै विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध जोडेर फाइदा उठाउने गरेको आरोप लाग्दै आएको थियो।
शोभाले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसँग राम्रो सम्बन्ध भएको बताउँदै विभिन्न प्रलोभन देखाउने गरेको र भ्रष्टाचारमा संलग्नलाई बचाउने गरेको समेत खुलेको थियो।
(बार्गेनिङबारेको अडिओ र भिडिओ क्लिप सुरक्षित छ।)

