अनलाइन पुलिस रिपोर्ट दिने सेवा तीन घण्टा अवरुद्ध हुने


काठमाडौं- नेपाल प्रहरीले आज तीन घण्टा अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र प्रणाली अवरुद्ध हुने जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझ साढे ५ देखि साढे ८ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण सेवा अवरुद्ध हुने भएको हो । प्रहरीले अनलाइनमा प्रहरी चारित्रिक प्रमाण पत्र दिँदै आएको छ ।

 

 

प्रतिक्रिया