नेपालले दियो आयरल्याण्डलाई १९९ रनको लक्ष्य


काठमाडौं — नेपालले आयरल्याण्ड वोल्भ्सबीचको टी—२० सिरिजको दोस्रो खेलमा १९९ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरको खेल सकिँदा ७ विकेट गुमाउँदै १९८ बनाएपछि आयरल्याण्डले १९९ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि गुल्सन झाले ४६ रन बनाएका थिए भने कुशल मल्लले १३ बलमा विस्फोटक ३४ रन बनाएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेलले ३३ रन बनाएका थिए भने कुशल भुर्तेलले २५ रन बनाए ।

त्यस्तै नेपालका लागि सन्दीप जोराले २१ रन बनाए भने आशिफ शेख ११ रनमा आउट हुँदा अनिल शाहले १२ रन बनाए ।

आयरल्याण्डका लागि मेथ्यु फोस्टरले ३ विकेट लिँदा बेन ह्वाईटले २ विकेट हात पारे भने जाभिन होइ र फिइन हेन्डले १÷१ विकेट लिए ।

प्रतिक्रिया