मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


काठमाडाैं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

मौसमविद् राजु प्राधानांगले आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिए।

विभागका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकाको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने पारदर्शिता चार किलोमिटर छ। आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड तथा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्छिग्रेडको बीचमा रहनेछ।

यसैगरी आज राति देशभर आंशिक बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको सो महाशाखाले जनाएको छ।

प्रतिक्रिया