

जापानबाटै २३ विद्यार्थीले दिँदैछन् एसईई

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
जापानमा बसेका नेपाली विद्यार्थीले यस वर्ष पनि उतैबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
जापानको एभरेस्ट स्कुलमा नेपाली विद्यार्थीहरू पढ्दै आएका छन् । त्यही स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको हो ।

