फिक्सिङको आरोपबाट क्रिकेटर अन्सारीले पाए उन्मुक्ति


काठमाडौँ – क्रिकेटर आदिल अन्सारीले फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन् ।

अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौँले उनलाई सफाइ दिएको हो ।

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अघिल्लो वर्षको माघमा अन्सारी, पूर्वक्रिकेटर महबुब आलम र नितेश गुप्ता पक्राउ परेका थिए ।

त्यसको तीन महिनापछि उनीहरू जनही ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

कीर्तिपुर मैदानमा पुस ९ देखि २७ गतेसम्म भएको भएको नेपाल टी-२० लिगमा उनीहरूले स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया