आयरल्याण्डविरुद्ध नेपालको सानदार जित


काठमाडौं- आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।

१६ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य हात पारेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३७ रदिपेन्द्रसिंह ऐरीले २० रन नटआउट, सन्दीप जोराले ३६, आशिफ शेख १६, गुलशन झा ४ र कप्तान रोहित पौडेल शून्यमा आउट भए ।

आयरल्याण्ड ए का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ तथा लियाम म्याककार्थी र टमस मेयसले १६/१६ रन बनाए। फिओन ह्यान्डले ११ रनको योगदान गरे । केड कार्माइकल ८ तथा कप्तान नेल रक व्यक्तिगत ५ रनमा पेवेलियन फर्किएका थिए ।

बलिङतर्फ गुल्सन झा, ललित नारायण राजवंशी र कुशल भुर्तेलले २/२ विकेट लिए ।

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड उल्भ्ससँग भोलि दोस्रो खेल खेल्ने तालिका छ । त्यसपछि नेपालको ए टोलीले टी–२० र एक दिवसीय सिरिज खेल्नेछ ।

 

प्रतिक्रिया