

हुइँकिँदै आएको मोटरसाइकल पसलभित्र छिरेपछि…

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– ७ प्रसेनीमा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको छ । सोमबार बिहान तुलसीपुरतर्फ जाँदै गरेको रा२प ७१७३ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पसलमा छिरेको हो ।
अनियन्त्रित मोटरसाइकल पसलमा छिर्दा लोकबहादुर हलवाईको पसलमा क्षति हुनुका साथै तीनजना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घाइते हुनेमा मोटरसाइकलचालक तुलसीपुर– १८ ग्वारखोलाका १९ वर्षीय मनीष विक, मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय सुरज महत र पसल सञ्चालक ४५ वर्षीय हलवाई रहेका छन् ।
उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

