

मृतकका परिवारलाई जनही ८ लाख दिने सहमतिपछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

दाङ- दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको घटनामा पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ राहत दिने सहमति भएको छ । सहमति भएपछि पीडित पक्षले बन्द गरेको पूर्व-पश्चिम राजमार्ग खुलेको छ।
बीमा बापत जनही पाँच-पाँच लाख, जिल्ला विपदबाट जनही दुई-दुई लाख र प्रदेश विपदबाट जनही एक–एक लाख रुपैयाँ दिने सहमति भएको हो ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मसुरियामा पीडित पक्षले आइतबार मध्यान्हदेखि राजमार्ग बन्द गरेका थिए ।
शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरिरमाथि खस्दा राप्ती गाउँपालिका–३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो ।

