काभ्रोको रुखमा करेन्ट लाग्दा ल्याब टेक्निसियन देवकोटाले गुमाए ज्यान


कपिलवस्तु — काभ्रो टिप्न रूखमा चढ्दा करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुर स्थायी घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका–९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनका रुपमा कार्यरत ३३ वर्षीय देवराज देवकोटाको आइतबार काभ्रो टिप्न रुखमा चढेको बेला करेन्ट लागेर मृत्यु भएको हो।

देवकोटा काभ्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोएर करेन्ट लागेपछि रुखबाट भुइँमा खसेका थिए । त्यसपछि उनलाई उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

उनको शव पोष्टमार्टम गरिसकेपछि तुल्सीपुर पठाइने पनि तयारी गरिएको छ ।

देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा ल्याब टेक्निसियनका रूपमा कार्यरत थिए।

 

प्रतिक्रिया