

नेपाल र आयरल्याण्ड ‘ए’बीचको पहिलो टी–२० आज

काठमाडौं — नेपाल र आयरल्यान्ड ‘ए’ बीचको क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ ।
यी दुईबीच दुई टी–२० अभ्यासको खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुमार हुने भएको छ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।
त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच भने टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
आजको खेलमा नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् ।
आयरल्यान्ड ‘ए’ टोली
निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा र आकाश चन्द ।

