पर्यटनमन्त्रीद्वारा कोषका पदाधिकारी र बोर्डसँग छलफल


भैरहवा – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गैरआवासिय र वाणिज्यदूतहरुको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए ।

बुद्धज न्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफुले पहल गर्ने बताए ।

प्रतिक्रिया