बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु


रौतहट- रौतहटको बाग्मती–चन्द्रपुर खण्डमा आइतबार दिउँसो बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दाम्पतीलाई ठक्कर दिएको थियो ।

घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारेका छन् ।

प्रतिक्रिया