सुनिताको उपचारमा ८ महिनामै ९० लाख सकियो, सहयोगका लागि परिवारको अपिल

ब्लड र बोनम्यारो क्यान्सरबाट पीडित सुनिताको आर्थिक अभावकै कारण उपचार गराउन कठीन


काठमाडौं – खाउँ–खाउँ र लाउँ–लाउँ उमेरकी बुटवल बहुमुखी क्याम्पसमा बीबीए छैटाैं सेमेष्टरमा अध्यनरत सुनिता खनाल अहिले गम्भीर रोगको शिकार भएकी छिन् ।

२३ वर्षीया सामान्य परिवारकी सुनितालाई करिब ८ महिना अघि एक्कासी गम्भीर रोग देखिएपछि केही समय भारतको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचार गराए पनि अहिले नेपालमै उपचार सुरु गरिएको छ ।

विदेशी भूमि, विदेशी अस्पताल धेरै खर्च लाग्ने भएकै कारण पछिल्लो समय राजधानीको ओम नर्सिङ होममा उपचार सुरु गरिएको सुनिताकी बहिनी सपनाले जनाइन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ नयाँमिलकी सामान्य परिवारका टंकनाथ खनाल र मिरा खनालकी जेठी छोरी सुनितालाई एक्कासी ब्लड र बोन म्यारो क्यान्सर जस्तो गम्भीर रोग देखिएपछि सुरु गरिएको उपचारमा परिवारले अहिलेसम्म ९० लाखभन्दा बढी खर्च भइसकेको जनाएको छ ।

घरकी जेठी छोरी सुनितालाई गम्भीर रोग लागेपछि वैदेशिक रोजगारमा रहेका टंकनाथ यतिबेला ठूलो पीडामा परेका छन् । घर धान्ने छोरीको यो अवस्थाबाट उनी ज्यादै मर्माहत छन् । तीन सन्तानमध्ये जेठी छोरीको नै यो अवस्था भएका कारणले अन्य सन्तानको पढाईमा पनि असर पुगेको छ ।

गम्भीर रोगको महंगो उपचार धान्न अब भने खनाल परिवारले नसक्ने अवस्थामा पुगेको छ । चिकित्सकले अझै ३/४ वर्षसम्म उपचार गर्नुपर्ने जनाएपछि अहिले खनाल परिवार ज्यादै पीडामा परेको छ । आफूहरुसँग भएको सम्पूर्ण पैसा सकिएको र थप उपचार गर्नै नसक्ने अवस्था आएपछि आफूहरुले सहयोगको अपेक्षा गरेको बहिनी सपनाले जनाइन् ।

यसअघि उनी अध्ययनरत कलेजका साथीहरुले घरदैलो कार्यक्रमको आयोजना गरेर केही सहयोग उठाएका थिए । लामो समयसम्मको अस्पताल बसाईका कारण भएको सबै पैसा सकिएकाेले चरम आर्थिक अभाव भोग्नुपरेको सुनिताकी बहिनी सपनाले जनाइन् ।

सुनिताको उपचारका लागि सबैसँग सहयोगको याचना गर्दै सपनाले किशोरावस्थामै आफ्नी दिदीले भोगे जस्तो पीडा कसैले भोग्नु नपरोस् र सहृदयीहरुको सहयोगबाट परिवारमा खुशी पुनः फर्कियोस् भन्ने कामना गर्दै सुनिताकै नाममा एनआईसी एसिया बैंकमा ०५५७५११०६३००००१ नम्बरको खाता अथवा इसेवा नम्बर ९७४८८१९६९२ मा सहयोगको अपेक्षा गरेको पनि जनाइन् । सुनिताका लागि हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना !

प्रतिक्रिया