

त्रिवि नर्सिङ क्याम्पस महाराजगञ्जमा तालाबन्दी

काठमाडौं — त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी भएको छ ।
प्रशासनसँग स्वतन्त्र विद्यार्थी युनियनले ८ बुँदे माग राख्दै बिहीबारदेखि तालाबन्दी गरेका हुन् ।
महराजगन्ज क्याम्पसमा अध्ययनरत नर्सहरूले भौतिक पूर्वाधार निर्माण नगरी ल्याइएको मिडवाफाई कार्यक्रमले विद्यार्थीहरूलाई अन्योलमा पारेको हुँदा यसलाई स्पष्ट पारेर मात्रै नर्सिङ कार्यक्रममा समावेश गर्नुपर्ने बताएको छ।
नर्सिङ क्याम्पस महाराजगञ्जकी स्ववियू सभापति नोविना बस्नेतले क्याम्पस प्रशासनको नेतृत्व तहबाट भएको गम्भीर लापरबाहीको विरोधमा आफूहरू आन्दोलित भएको बताइन्।

