भारतमा ३८ दिनदेखि चल्दैछ किसान आन्दोलन, १२ जनाले ज्यान गुमाए


नयाँ दिल्ली- भारतमा किसान आन्दोलन सुरु भएको ३८ दिन भयो । यस अवधिमा ९ जना किसानसमेत १२ जनाको मृत्यु भएको छ ।

न्यूनतम समर्थन मूल्य (एमएसपी)को प्रत्याभूतिको माग गर्दै पन्जाब र हरियाण राज्यका किसानहरू शम्भु बोर्डर र खनौरी बोर्डरमा आन्दोलन गरिरहेका छन् । आन्दोलनरत किसानहरू दिल्ली छिर्ने प्रयासमा छन् । तर प्रहरीले उनीहरूलाई दिल्लीको सीमा भित्र छिर्न दिएको छैन ।

यस क्रममा आन्दोलनरत किसान र सरकारबिच चार चरणमा वार्ता पनि भएको थियो । किसानका आन्दोलन कमजोर भएको सङ्केतबिच सरकारले दिल्लीको सीमा राखिएको ब्यारिकेडहरू हटाउन सुरु गरेको छ ।

 

प्रतिक्रिया