

आइतबार चीन जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते आइतबार चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।
चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नुको साथै चैत १३ गते लगानी सम्मेलनको बारेमा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
चैत १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुको साथै मनोसरोवरको यात्रा पनि गर्ने परराष्ट्र स्रोतले जनाएको छ । उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

