श्रीमतीको हत्या गरी श्रीमानले गरे घाँटी रेटी आत्महत्या


माेरङ – मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरेका छन् ।

मोरङको बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले गएराति श्रीमती गीता लिम्बुको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

धारिलो हतियार प्रयोग गरी ४५ वर्षीया श्रीमती गीताको हत्या गरेका बमबहादुरले सोही हतियारले घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

गम्भीर घाइते अवस्थामा भेटिएका बमबहादुरलाई विराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको ८ वर्षका छोरा भने भागेर बाँचेका छन् । हत्याको कारण भने खुलिनसकेको उनले बताए ।

 

प्रतिक्रिया