

तीव्र गतिका कारण बागलुङ बस दुर्घटना : प्रहरी

काठमाडौं – बागलुङ बस दुर्घटना तीव्र गतिका कारण भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी प्रमुख एसपी ऋषीराम कँडेलले ओरालो बाटोमा तीव्र गतिमा बस चलाउँदा दुर्घटना भएको बताए। प्रहरीले घाइतेहरूसँग पनि कुराकानी गरिरहेको छ। उनीहरूले पनि तीव्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन्।
सोमबार सवा पाँच बजेतिर निसीखोला गाँउपालिका(६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बागमती प्रदेश ०१(००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा परेको थियो।
उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित ९ जनाको मृत्यु भएको थियो। २६ जना घाइते छन्।

