ल्याण्ड गरेपछि श्री एयरलाइन्सको चक्का फुस्केर झाडीतिर, घटना गुपचुप


काठमाडाैं- श्री एयरलाइन्सको जहाज ल्याण्ड गरेपछि अगाडिको एउटा चक्का फुस्किएको छ । हिजो (सोमबार) साँझ काठमाडौंबाट धनगढी गएको एएनएच २२७ उडान नम्बरको जहाज ल्याण्ड गरेर पार्किङतर्फ मोड्ने बेलामा अगाडिको एउटा चक्का खुस्केर झाडीमा पुगेको हो ।

त्यसपछि एयरलाइन्सका कर्मचारी, प्रहरी र एयरपोर्ट कर्मचारी मिलेर चक्का खोजेका थिए । उनीहरुले नजिकैको झाडीमा चक्का फेला पारेको प्रत्यक्षदर्शी एक यात्रुले बताए ।

तर, यो विषय धनगढी एयरपोर्टका प्रमुख गणेशबहादुर सिंहले स्विकारेनन् । उनले जहाजमा टेक्निकल फल्ट भएको जानकारी पाएको मात्रै बताए ।

श्री एयरलान्सका धनगढी प्रमुख गजेन्द्र शाहीले पनि ल्यान्ड गरिसकेपछि जहाजमा टेक्निकल समस्या आएको बताएका छन् । उनले काठमाडौंबाट टेक्निकल टिम आएपछि ग्राउन्डेड जहाज मर्मत गरिने बताए ।

प्रतिक्रिया