
सर्वोच्च अदालतमा हतियार लगेर जाने दुर्गा प्रसाईंका गार्ड पक्राउ
काठमाडौं- सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गरेपछि दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ परेका छन् ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गर्ने झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।
आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।



कागजपत्र |
