

हिमाली भेगमा हिउँ परेपछि खोप कार्यक्रम प्रभावित

सुर्खेत – कर्णाली प्रदेशका हिमाली भेगमा आइतबारदेखि सुरु भएको कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।
उक्त क्षेत्रमा हिउँ परेपछि सोमबार कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो ।
हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम अवरूद्ध भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल कर्णालीका १० जिल्लामा २८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको छ ।

