
सुन प्रकरणमा जोडिएपछि सीडीओ अधिकारी दुई महिनामै मन्त्रालय तानिए
काठमाडौँ – गृह मन्त्रालयबाट लम्जुङको सीडीओ भएर गएका उपसचिव उमाकान्त अधिकारी दुई महिनामै फिर्ता बोलाइएका छन् ।
सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा उनलाई मन्त्रालय तानिएको स्रोतले बतायाे ।
मन्त्रालयमा सूचना अधिकारीका रुपमा रहेका अधिकारी गत माघमा लम्जुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए ।
मन्त्रालयमा रहँदा सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनलाई सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
आयोगले दिएको प्रतिवेदन अनुसार उनलाई निगरानीमा राख्नु भनेकाले मन्त्रालय बोलाइएको स्रोतले बतायाे ।



कागजपत्र |
