पक्राउ परे पूर्व सभामुख महरा


काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको आईजी बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।

सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको रिपोर्टमा गरिएको सिफारिशबमोजिम समातिएका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाण्डौ ल्याउन लागिएको बुझिएको छ ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया