

जसपा सांसद अन्सारीको निधन

काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) की प्रतिनिधि सभा सांसद रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ।
अन्सारीको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार बिहान ७:५५ बजे अन्सारीको निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिए।
जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो।
उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।

