झडप साम्य पार्न गएका १६ नाइजेरियाली सैनिकको मृत्यु


नाइजेरिया – नाइजेरियामा १६ सैनिकको मृत्यु भएको छ । दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नको लागि अभियानमा रहेका १६ नाइजेरियाली सैनिकको मृत्यु भएको सेनाका प्रवक्ताले जानकारी दिएका छन् ।

बोमाडी क्षेत्रमा तैनाथ १८१ एम्फिबियस बटालियनका सेनाले ओकुमा समुदायमा भएको द्वन्द्वको जवाफ दिने क्रममा उनीहरू मारिएका ब्रिगेडियर जनरल टुकुर गुसाउले शनिबार एक विज्ञप्तिमा भने । ‘कमान्डिङ अफिसरको नेतृत्वमा रहेको सुदृढीकरण टोलीलाई पनि आक्रमण गरियो, जसमा कमाण्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिकको मृत्यु भयो,’ उनले भने । गुसाउका अनुसार रक्षा प्रमुखले पनि तत्काल अनुसन्धान र संलग्नलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

‘अहिलेसम्म, केही गिरफ्तार गरिएको छ जबकि आक्रमण पछिको उद्देश्य पत्ता लगाउनका लागि कदमहरू भइरहेको छन्,’ उनले भने । डेल्टा राज्यका धेरै समुदायहरूमा ऊर्जा कम्पनी क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन, भूमि वा तेल रिसाइलको लागि क्षतिपूर्तिको सबालमा ती झडप भइरहेका हुन् ।

यसबाहेक द्वन्द्वले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूलाई पनि प्रभावित पारेको छ, जहाँ सशस्त्र समूहहरू सक्रिय छन् र सरकारी सेनाहरूलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ । यस वर्षको सुरुमा नाइजेरियाको केन्द्रीय पठार राज्यमा नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको थियो, जहाँ मुस्लिम गोठालाहरू र क्रिश्चियन खेती गर्ने समुदायहरूबीच वर्षौंदेखि झडप भइरहेको छ ।

 

प्रतिक्रिया