

संसद तोडफोड गर्नेलाई १२ वर्ष कैद फैसला

काठमाडौं – हङकङको सदनलाई तोडफोड गर्ने १२ जनालाई १२ वर्ष कैद फैसला भएको छ ।
सन् २०१९ जुलाई १ मा भएको तोडफोडको सजायस्वरुप १२ वर्ष कैद सजाय दिइएको छ ।
घटनामा जोडिएका दुई पत्रकारलाई भने हुलदंगाको कसूरमा नभएर अवैधानिक रुपमा संसदमा छिरेको कसूर चलाइएको छ ।
जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार बेलायतबाट चीनमा हङकङ आएको २२ वर्ष पुगेको अवसरमा भएको विरोधमा तोडफोड भएको थियो ।
तोडफोडपछि हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरिएको थियो ।

