सरकारी विद्यालयमा गुणस्तर सुधारको आवश्यकता : मन्त्री श्रेष्ठ


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका-१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास कार्यक्रममा मन्त्री श्रेष्ठले २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तर सुधारको आवश्यकता रहेको बताए । विद्यालयमा भारत सरकारको साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा ३२ कोठे भवन निर्माण हुँदैछ ।

सम्झौता अनुसार ठेकेदार कम्पनीले १५ महिनामा भवन निर्माण गरिसक्नुपर्नेछ ।

 

प्रतिक्रिया