

‘पब्जी’ र ‘फ्रि–फायर’का कारण बैंक खाता रित्तियो : सांसद न्यौपाने

काठमाडौं- सांसद ईश्वरी देवी न्यौपानेले भर्चुअल ब्याटल गेम ‘पब्जी’ र ‘फ्रि–फायर’का कारण विकृति भइरहेको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले ती मोबाइल गेमका कारण कारण बैंक खाता नै रित्तो बनाउनेजस्ता विकृति मौलाएको बताएकी हुन् ।
उनले एक महिलाले आफ्नो बच्चाले ‘पब्जी’ खेलेर बैंक खाता रित्तो पारेको गुनासो गरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । ‘आज बिहान एकजना आमा मेरो घरमा आउनुभयो । उहाँको बच्चाले मोबाइलमा खेलेको गेमले उहाँमा बैंकमा भएको पैसा सकिएछ । पब्जी र फ्रि-फायर गेमले ल्याएको विकृति रोक्न र बच्चालाई रचनात्मक काममा कसरी लगाउन सकिन्छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

