काठमाडौंको तारे भिरमा गाडेको अवस्थामा किशोरीको शव फेला


काठमाडौं- काठमाडौँको तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव भेटिएको छ ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको छ ।

फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् ।

घरबाट माघ २२ मा ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

प्रतिक्रिया