अख्तियार प्रमुख राईले त्यागे दोहोरो सुविधा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा त्यागेका छन्। पूर्वगृह सचिवको सुविधा उनले त्यागेका हुन्।

राईले अख्तियार दुरुपयोग अनुसन्धानमा प्रमुख आयुक्तको पद सम्हालेसँगै यसअघि खाईपाई आएको पेन्सन सुविधा नलिने जनाएका हुन्।

राईले २१ माघमा अख्तियार प्रमुख आयुक्तमा नियुक्ति भएपछि फागुनमहिनादेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउँदासम्म उनले हाल खाईपाई आएको निवृत्तिभरण रकम नलिने स्वघोषणा गर्दै निवेदन नै दिएका थिए।

अख्तियारले राईको निवेदनसँगै निवृत्तभरण व्यवस्थापन कार्यालयले सुविधा रोक्का गरिसकेको छ।

प्रतिक्रिया