चार वर्षपछि बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश


काठमाडौं – बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार नापोलीमाथि शानदार जित निकाल्दै बार्सिलोना चार वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा सहज जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको हो ।

बार्सिलोना समग्रमा ४–२ को नतिजा सहित क्वार्टरफाइनलमा पुगेको छ । यस्तै, आर्सनलले दोस्रो लेगको खेलमा एफसी पोर्टोलाई १–० ले हराएर समग्रमा १–१ को बराबरी गरेको थियो ।

अन्तिममा पेनाल्टी सुटआउटमा पोर्टोलाई ४–२ गोल अन्तरले हराउँदै आर्सनलले समेत अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया