एसइईका विद्यार्थीले ३५ प्रतिशत ल्याउनैपर्ने, नत्र फेल


काठमाडाैं- यसपटक राष्ट्रिय परीक्षा बोर्डले नयाँ नियम लागू गरेकाे छ । विगतका वर्षमा बी ग्रेडभन्दा कमका विद्यार्थीले पनि ११ र १२ कक्षामा पढ्न पाउँथे । तर, परीक्षा बोर्डको निर्णयअनुसार अब भने यो मौका पाउनेछैनन् ।

११ र १२ कक्षामा अध्ययन गर्नका लागि हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनैपर्ने भएको छ । यदि योभन्दा कम अंक ल्याएमा माथिल्लो तहमा अध्ययन गर्न नपाइने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  यसपटक विद्यार्थीले लिखितमा ३० प्रतिशत र आन्तरिक तथा प्रयोगात्मक परीक्षामा ४० प्रतिशत ल्याउनैपर्ने उनले बताए ।

१५ देखि २७ चैतसम्म सञ्चालन हुने एसइई परीक्षामा यसपटक देशभर पाँच लाख विद्यार्थी सामेल हुँदै छन् । परीक्षा नजिकिएसँगै बोर्डले तयारी तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया