

माधव नेपाल भेट्न कोटेश्वर पुगे अमेरिकी राजदूत थम्सन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको घरमा भेटवार्ता भएको हो ।
भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।
पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन् ।

