

इजरायल-हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ : बाइडेन

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताएका छन् ।
कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको सो टिप्पणी आएको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारी अनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ ।
न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताएका छन् ।
इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ ।

